दार्चुलामा भीरबाट लडेर वडा सचिवको ज्यान गयो

 चैत १६, २०८० शुक्रबार १८:१३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दार्चुला – दार्चुलामा भीरबाट लडेर वडा सचिवकाे ज्यान गएकाे छ । मालिकार्जुन गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय गङ्गाराम लुहारको भीरबाट लडेर ज्यान गएको हाे ।

हिजो बेलुका भीरबाट लडेर लुहारको ज्यान गएको र घटनाबारेमा अजमात्र जानकारी पाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शङ्कपुरबाट डाँडाकोट जाने क्रममा वडा सचिव लुहार भीरबाट लड्नुभएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

लुहारकाे शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएकाे प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया