गृहमन्त्रीमाथि सहकारी ठगी प्रकरणमा छानविन समिति बनाउनुपर्ने कांग्रेसको अडान कायमै

 चैत १७, २०८० शनिबार १८:२०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ ।

संसद् सञ्चालनका लागि चैत महिनाभित्रको कार्यसूचि बनाउन सभामुख देवराज घिमिरेले बोलाउनुभएको बैठकमा कांग्रेसकी सचेतक सुशीला थिङले समिति बन्नुपर्ने अडानमा आफूहरु कायमै रहेको बताउनुभएको हो । नेपाली कांग्रेसले सहकारीको विवादमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कुनै पनि विधेयक संसदमा प्रश्तुत गर्न नपाउने जिकिर गर्दै आएको छ ।

यसैबीच सत्तारुढ दलका नेताले भने गृहमन्त्री रवि लामिछानेमाथिको सहकारी ठगी प्रकरणमा सांसदीय छानविन समिति आवश्यक नरहेको बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाउनुभएको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्रधानमन्त्री लामिछानेमाथिको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन आवश्यक नरहेको जवाफ दिनुभएको हो ।

एमालेका प्रमुख सचेतक बर्तौलाले राजनीतिक पूर्वाग्रहबाट मुक्त भएर कांग्रेसले सदनलाई अघि बढाउन वातावरण बनाउनुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक परियारले गृहमन्त्री लामिछानेले आफूमाथि उठेको प्रश्नको जवाफ दिन तयार रहेको बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया