बाग्मती प्रदेशमा फेरि मन्त्रिपरिषद् विस्तार, एमालेका थपलिया आर्थिक मामिलामन्त्री

 चैत १८, २०८० आइतबार ९:१८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नयाँ गठबन्धन बनेसँगै बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले हिजो एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्री थपलियाले हिजो बेलुका प्रदेश प्रमुख यादव शर्मासमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

यसअघि बिहीवार मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टी (हानेपा)का नेता शैलेन्द्र बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारीमन्त्रीमा नियुक्त गर्नुभएको थियो । केन्द्रमा नयाँ गठबन्धन बनेपछि तत्कालीन सत्तासाझेदार दल कांग्रेसका छ जना मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बाग्मती प्रदेश सरकार अल्पमतमा परेको थियो ।

हानेपा सरकारमा सहभागी भएसँगै बाग्मती प्रदेश सरकारको संकट तत्काललाई टरेको छ । एक सय १० सदस्य रहेको बाग्मती प्रदेश सभामा सरकार बनाउन ५६ सांसद आवश्यक पर्छ । प्रदेश सभामा नयाँ गठबन्धनका दल एमालेसँग २७, माओवादी केन्द्रसँग २१ र एकीकृत समाजवादीसँग ७ गरी जम्मा ५५ सांसद छन् । दुई सांसद रहेको हानेपा थपिएपछि जम्कट्टेल नेतृत्वको सरकारले बहुमत सदस्य जुटाएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले भोलि विश्वासको मत लिँदै हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया