ताइवानमा गएको भूकम्पमा अहिलेसम्म चार जनाकाे ज्यान गएकाे पुष्टि

 चैत २१, २०८० बुधबार १२:८:५१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – ताइवानमा भूकम्पमा परि अहिलेसम्म चार जनाको ज्यान गएको पुष्टि भएको छ । पूर्वी तटीय क्षेत्रमा आज  ७  दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पका कारण भत्किएका भौतिक संरचना हटाएर मानिस निकाल्ने काम भईरहेको छ ।

ताइवानका राष्ट्रपति साइ इङ वेनले भूकम्पपछि सेनाले तत्काल उद्दारको काम थालेको बताउनुभयो । आपत्कालीन अवस्थामा ताइवानलाई आवश्यक सहयोगका लागि चीनले समेत पहल गरेको बीबीसीले जनाएको छ ।

यसैबीच, भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन् । ताइवानमा गएको भूकम्पपछि जापानले ओकिनावा प्रान्तमा सुनामीको चेतावनी जारी गरेको बीबीसीले जनाएको छ ।

यस्तै फिलिपिन्समा पनि सुनामीको चेतावनी दिइएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया