ताइवानको भूकम्पमा अहिलेसम्म नौ जनाको ज्यान गयो, ९ सय जनाभन्दा धेरै घाइते

 चैत २२, २०८० बिहिबार ६:३३:४१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

ताइवानमा गएको शक्तिशाली भूकम्पका कारण अहिलेसम्म कम्तीमा नौ जनाको ज्यान गएको छ । भूकम्पमा नौ सय जनाभन्दा धेरै घाइते भएका ताइवानको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भत्किएका संरचनामा च्यापिएका एकसय २७ जनाको खोजी भइरहेको छ ।

ताइवानको पूर्वीतटीय क्षेत्रमा हिजो बिहान सात दशमलव चार म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पका कारण ताइवान र छिमेकी देशमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएकोमा पछि चेतावनी फिर्ता गरिएको छ । भूकम्पका कारण पहाडी भेगका ठाउँ ठाउँमा पहिरो गएको छ ।

ह्वालिएन शहरमा धेरै भवन भत्किएका छन् । त्यहाँ उद्धार कार्य चलिरहेको छ । सडक र रेल लाइन अवरद्ध भएका खबरमा उल्लेख छ ।  ताइवानका धेरै ठाउँमा विद्युत् आपूर्ति र इन्टरनेटमा अवरोध पुगेको छ ।

ताइवानका अधिकारीले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया