इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको झडपमा ५ सुरक्षाकर्मी र ८ बन्दुकधारीकाे ज्यान गयाे

 चैत २२, २०८० बिहिबार १५:२७:५२ | एजेन्सी
unn.prixa.net

दक्षिणपूर्वी इरानको दुई छुट्टाछुट्टै ठाउँमा सुरक्षा बल प्रहरी र बन्दुकधारीबीच झडप भएको छ । सिस्तान र बलुचिस्तान प्रान्तमा भएको झडपमा इरानी सुरक्षा बलमा पाँच जना सदस्य र आठ जना बन्दुकधारीको ज्यान गएको समाचार संस्था एपीले जनाएको छ ।

इरानको आईआरएनए समाचार एजेन्सीले झडपमा इरानी सुरक्षा बलका अन्य १० जना सदस्य घाइते भएका बताएको खबरमा उल्लेख छ ।

बन्धुकधारीले इरानको राजधानी तेहरानदेखि झन्डै एक हजार चार सय किलोमिटर पर दक्षिण–पूर्वमा रहेको रस्क शहरमा एक रिभोल्युशनरी गार्ड पोस्ट र चाहबहार शहरमा एक तटरक्षक स्टेशनमा गोलीबारी गरेपछि दुई समूहबीच झडप भएको थियो ।

अतिवादी सुन्नी मुस्लिम लडाकु समूह ‘जैश अल–अदल’ ले शिया मुस्लिमको बाहुल्य रहेको इरानमा अल्पसङ्ख्यक ‘बलुचिस’ को अधिकार र राम्रो जीवन स्थितिको माग गरेको बताउँदै आएको छ । यो समूहले दक्षिणपूर्वी प्रान्तमा इरानी सुरक्षा बलमाथि पछिल्ला वर्षयता भइरहेका आक्रमणको जिम्मा लिएको छ । यो समूहले गएको डिसेम्बरको रस्क शहरको एक प्रहरी चौकीमा आक्रमण गर्दा ११ जना सुरक्षाकर्मीको ज्यान जानुका साथै केही घाइते भएका थिए ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया