सम्भावित आक्रमणबाट जोगिन  इजरायलका विभिन्न क्षेत्रमा जीपीएस प्रणाली अवरुद्ध

 चैत २३, २०८० शुक्रबार ६:३३:५६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इरानसँगको तनाव बढ्दै गएपछि मिसाइल र ड्रोनलाई रोक्न  इजरायलले आफ्ना विभिन्न ठाउँमा जीपीएस अवरुद्ध गरेको छ । इरानले गएको सोमवार सिरियामा रहेको आफ्नो वाणिज्य दूतावास भवनमा इजरायलले आक्रमण गरेपछि बदला स्वरुप त्यहाँ आक्रमण तीव्र पार्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर प्रणाली अवरुद्ध गरेको बताइएको छ ।

सोमवारको आक्रमणमा इरानका एक वरिष्ठ जनरल सहित १३ जनाको ज्यान गएको थियो । इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले लडाई इकाइमा काम गर्ने सेनाको लागि सबै बिदा रोक्ने घोषणा गरेको बीबीसीले जनाएको छ । इजरायली अधिकारीहरूले आज मुस्लिम पवित्र महिना रमादानको अन्तिम शुक्रवार इरानले कडा कारबाही गर्ने आशंका गरेर सुरक्षा व्यवस्था बलियो बनाईरहेको खबरमा उल्लेख छ ।

इरानमा यस दिनमा प्रायः प्यालेस्टिनी समर्थक र इजरायल विरोधी प्रदर्शन भएको पाइन्छ । त्यसैले हिजैदेखि इजरायलको मध्य भागमा  जीपीएस प्रणाली अवरुद्ध गरेर इरानलाई विष्फोटक पदार्थ तथा हतियार सेट गर्न असफल बनाउने प्रयास भएको खबरमा उल्लेख छ ।

युद्धग्रस्त प्रमुख सहरहरु तेल अवीव र जेरुसेलमका नागरिकले स्थान देखाउने एप्लिकेसनहरु प्रयोगमा समस्या आइरहेको बताएका छन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया