दमका कारण वायु सञ्चारका लागि प्रयोग हुने कोषिकाहरूमा समेत क्षति पुग्ने तथ्य फेला

 चैत २३, २०८० शुक्रबार १३:३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

श्वासप्रश्वाससम्बन्धी समस्या आस्थमा अर्थात् दमका कारण शरीरमा आवश्यक वायु सञ्चारका लागि प्रयोग हुने कोषिकाहरूमा समेत क्षति पुग्ने नयाँ तथ्य फेला परेको बेलायतका वैज्ञानिकहरूले बताएका छन् । किङ्ग्स कलेज लन्डनका अनुसन्धानकर्ताहरूले गरेका अध्ययनअनुसार आस्थमाको असर कम गर्न प्रयोग गरिने औषधिले जोखिम व्यवस्थित गर्नुको साटो झन् असर गर्ने गरेको पाइएको बीबीसीले जनाएको छ ।

दम भएका मानिसहरूको वायु सञ्चारका नलीहरू संवेदनशील हुने भएकाले विभिन्न प्रकारका बासनादार धुलो, उपचारका लागि अपनाइएका विशेष तरिका र व्यायामले पनि क्षति गर्नसक्ने अनुसन्धानले देखाएको खबरमा उल्लेख छ । यसका कारण खोकी लाग्ने, छाती घ्यारघ्यार हुने र सास फेर्न गाह्रो हुने भएर नलीहरू सुन्निने समस्या हुन सक्छ ।

अहिले उपलब्ध भएका औषधिले सुन्निएको कम गर्न सक्ने र वायु सञ्चार हुने नली खुला राख्न मद्दत गर्न सक्छ । तर आस्थमाको बारम्बार आक्रमणले श्वास नलीमा स्थायी दाग बस्ने र साँघुरो हुन सक्ने सम्भावना रहेको अध्ययनले देखाएको छ  ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया