भारी वर्षाका कारण सिड्नी विमानस्थलमा एक सय वटाभन्दा बढी उडान रद्द

 चैत २३, २०८० शुक्रबार १५:५८:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अस्ट्रेलियाको न्यु साउथ वेल्समा भारी वर्षाका कारण सिड्नी विमानस्थलमा एक सय वटाभन्दा बढी उडान रद्द भएका छन् । वर्षाका कारण पाँच वटा अन्तर्राष्ट्रिय उडान तथा एक सय नौ वटा घरेलु उडान रद्द भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

वर्षा र बाढीको प्रकोप बढ्दै गएकाले आउँदो केही घन्टाहरूमा रद्द हुने उडानको सङ्ख्या अझै बढ्ने देखिएको छ । न्यु साउथ वेल्स क्षेत्रमा रातारात तीव्र र व्यापक वर्षा भएपछि सिड्नीमा सबैभन्दा बढी क्षति भएको खबरमा उल्लेख छ ।

स्थानीय मौसम सेवा प्रदायक ‘वेदरजोन’ को तथ्याङ्कले सिड्नीमा शुक्रवार बिहानसम्म २४ घण्टामा एक सय ११ मिलिमिटर पानी परेको जनाएको छ । वर्षाका कारण ११ वटा रेल लाइन जोड्ने यातायात केन्द्र ‘रेडफर्न स्टेसशन’ मा उपकरणमा क्षति पुग्दा रेल सेवासमेत प्रभावित भएको छ ।

अस्ट्रेलियाको मौसम विभाग (बीओएम) को पूर्वानुमानअनुसार अझै थप वर्षा हुने सम्भावना बाँकी छ । विभागले बाढी आउनसक्ने र डुबान हुनसक्ने सिड्नी महानगर, इलावारा र अन्य पाँच वटा पूर्वानुमानित जिल्लाहरूका मानिसलाई सतर्क रहन आग्रह गर्दै कडा मौसमी चेतावनी पनि जारी गरेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया