लोकसभा चुनावका लागि भारतीय कांग्रेसको घोषणापत्र : भाजपा र प्रधानमन्त्री मोदीको चर्को आलोचना

 चैत २३, २०८० शुक्रबार १८:२७:३४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतीय कांग्रेस पार्टीले यस पटकको लोकसभा चुनाव लोकतन्त्र र संविधान बचाउने अवसर भएको दाबी गरेको छ । पार्टीको घोषणापत्र जारी गर्ने क्रममा कांग्रेस नेता राहुल गान्धीले भारतीय जनता पार्टी (भाजपा) र प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यका संयन्त्रहरू कब्जा गरेर लोकतन्त्रमाथि आक्रमण गरेको आरोप लगाउँदै हुन गइरहेको चुनाव त्यो आक्रमण रोक्ने अवसर भएको बउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

यस्तै कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड्गेले आफूहरूको घोषणपत्र भारतको राजनीतिक इतिहासमा न्यायको दस्तावेज भएको दाबी गर्नुभयो । कांग्रेसले घोषणापत्रमा अहिले सेनामा लागू भएको अग्निपथ योजना हटाएर पुरानै नियमअनुसार भर्ना गर्ने, जम्मु कश्मीरलाई पहिले जस्तै राज्यको दर्जा दिने, केन्द्र सरकारमा रिक्त रहेका ३० लाख रोजगारीको पद पूर्ति गर्ने लगायत प्रतिबद्धता व्यक्त गरेको छ ।

यस्तै कांग्रेसले गरिब महिलाको बैंक खातामा हरेक वर्ष एक लाख रुपैयाँ जम्मा गरिदिने, किसानको कर्जा मिनाहा, उत्पादनको न्यूनतम समर्थन मूल्य ग्यारेन्टी गर्ने, मजदुरको न्यूनतम पारिश्रमिक चार सय रुपैयाँ पुर्‍याउने, हरेक नागरिकलाई २५ लाख रुपैयाँको स्वास्थ्य बीमा गर्ने, सन् २०२५ मा देशको आधा रोजगारी महिलाका लागि आरक्षित गर्ने लगायत महत्त्वाकाङ्क्षी प्रतिबद्धता गरेको छ ।

वर्तमान प्रधानमन्त्री मोदी नै अर्को कार्यकालका लागि पनि दोहोरिने सम्भावना रहेका अनुमान भइरहेका बेला कांग्रेसले भाजपा र प्रधानमन्त्री मोदीको चर्को आलोचना गर्दै आफूहरूको घोषणापत्रलाई न्यायपत्र नाम दिएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया