विश्व बैङ्कले अफगानी महिला उद्यमीलाई सहयोग गर्ने

 चैत २४, २०८० शनिबार ९:३२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

विश्व बैङ्कले विशेषगरी महिलाको स्वामित्वमा सञ्चालित अफगानी साना व्यवसायलाई सहयोग गर्ने भएको छ । त्यसका लागि एक करोड ६० लाख अमेरिकी डलर बराबरको रकम छुट्याएको खामा प्रेसले जनाएको छ । यो कार्यक्रम महिला लक्षित रहेको अफगानिस्तानका लागि विश्व बैङ्ककी निर्देशक मेलिन्डा गुडले बताउनुभयो ।

परियोजनाको उद्देश्य अफगानिस्तानमा साना वित्तीय क्षेत्रलाई सुदृढ पारी साना व्यवसाय र महिला नेतृत्वको उद्यम व्यवसायको पुनर्निर्माण गर्नु र निजी क्षेत्रको पुनरुत्थानमा योगदान पुर्याउनु रहेको छ । विश्व बैङ्कका अनुसार अफगानिस्तानको काबुलसहित विभिन्न १५ वटा प्रान्तमा वित्तिय सहयोग केन्द्रित हुनेछ ।

यसबाहेक, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले महिलाहरूलाई रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले अरु विभिन्न परियोजनाको घोषणा गरेको छ । यसले अफगानिस्तानको अर्थतन्त्रलाई पनि बढावा दिने अपेक्षा गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया