रुसले युक्रेनको खार्किभ शहरमा ड्रोन आक्रमण गर्दा कम्तीमा ६ जनाको ज्यान गयो

 चैत २४, २०८० शनिबार १५:१५:१९ | एजेन्सी
unn.prixa.net

एजेन्सी

रुसले युक्रेनको खार्किभ शहरमा ड्रोन आक्रमण गर्दा कम्तीमा छ जनाको ज्यान गएको छ । खार्किभका मेयर इहोर तेरेखोभले रुसले आज बिहानै इरानमा बनेका ड्रोनले केही अपार्टमेन्टसहित कयौँ भवनमा प्रहार गरेको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

यो आक्रमणमा छ जनाको ज्यान गएको र १० जना घाइते भएका खबरमा उल्लेख छ । खार्किभ रुसी सीमाको सबैभन्दा नजिकको युक्रेनी शहर हो । रुसले पछिल्ला दिनमा  आक्रमणलाई तीव्र बनाएको छ ।

युक्रेनका अधिकारीले भविष्यमा रुसले शहरमाथि आक्रमण गर्न सक्ने भन्दै चिन्ता जनाएका छन् । आजको आक्रमणबाट अपार्टमेन्ट भवन, पेट्रोलपम्प, प्रशासनिक भवन र कार क्षतिग्रस्त भएका छन् । हिजो शुक्रबार युक्रेनले ६ वटा रुसी विमान नष्ट गरेको दाबी गरेको छ । गएको बुधबार रोस्तोव क्षेत्रमा भएको आक्रमणमा २० जना सैनिकको मृत्यु भएको अनुमान गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया