थाइल्याण्डसँग सीमा जोडिएको 'म्यावड्डी शहर' म्यानमारको विद्रोही सेनाको कब्जामा

 चैत २५, २०८० आइतबार ९:६:५८ | एजेन्सी
unn.prixa.net

म्यानमारको विद्रोही सेनाले थाइल्याण्डसँग सिमाना जोडिएको 'म्यावड्डी शहर' कब्जा गरेको छ । 'म्यावड्डी सहर' को सुरक्षामा खटिएको सेनाले विद्रोही समूहसमक्ष आत्मसमर्पण गरेका बीबीसीले जनाएको छ ।

तीन वर्षअघि म्यानमारको सत्ता कब्जा गरेको सैन्य शासकका लागि यो अर्को ठूलो हार हो । केही महिनाअघि चीनको सीमा नजिकको शान राज्य र बंगलादेशको सीमा नजिकको रखाइन राज्यका धेरैजसो ठाउँ पनि विद्रोही सेनाले कब्जा गरेको थियो ।

थाइल्याण्डसँग म्यानमारको धेरैजसो स्थल व्यापार 'म्यावड्डी सहर' बाट हुने भएकोले पछिल्लो हार सेनाका लागि ठूलो धक्का रहेको बीबीसीले जनाएको छ । म्यानमारको क्यारन विद्रोही सेनाले सैन्य कु को विरोधमा लडाइँ गरिरहेको छ ।   

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया