उत्तर अमेरिकामा भोलि दिउँसै अँध्यारो हुने गरी खग्रास सूर्यग्रहण लाग्दै

 चैत २५, २०८० आइतबार ११:५३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

भोलि उत्तर अमेरिकामा दिउँसै अँध्यारो हुने गरी सूर्यग्रहण लाग्ने भएको छ । मेक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म अप्रिल ८ तारिखको बिहान खग्रास सूर्यग्रहण लाग्ने अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । सूर्य र पृथ्वीबीचमा चन्द्रमा परेर सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास सूर्यग्रहण लाग्छ ।

त्यसबेला प्रभातकाल वा सन्ध्याकाल भए जसरी दिउँसै अँध्यारो हुन्छ । दिउँसै अँध्यारो हुने गरी लाग्ने खग्रास सूर्यग्रहण विरलै हुने गरेको छ । चन्द्रमाले पृथ्वीमा जाने सूर्यको प्रकाश पूरै छेक्न सक्ने गरी सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा परेको अवस्थामा सूर्यमा खग्रास ग्रहण लाग्छ । केही सेकेन्ड अथवा कहिलेकाहीँ केही मिनेट पनि आकाश पूरै अँध्यारो हुन्छ ।

सबैभन्दा लामो खग्रास सूर्यग्रहण सात मिनेट ३२ सेकेन्डसम्म हुनसक्ने नासाले जनाएको छ । कुनै एक ठाउँबाट खण्डग्रास सूर्यग्रहण देखिएको झण्डै तीन सय ७५ वर्षपछि मात्रै त्यही ठाउँबाट अर्को खग्रास सूर्यग्रहण देखिन्छ । तर पृथ्वीको कुनै अर्को ठाउँमा भने चाँडै पनि हुन सक्छ ।    

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया