मेक्सिकोको दूतावासमा आक्रमण गरेपछि इक्वेडरविरुद्ध ल्याटिन अमेरिकी देश एकजुट

 चैत २५, २०८० आइतबार १५:११:४३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

मेक्सिकोको दूतावासमा आक्रमण गरेपछि इक्वेडरविरुद्ध ल्याटिन अमेरिकी देश एकजुट भएका छन् । हिजो इक्वेडरको सुरक्षा बलले राजधानी क्विटोमा रहेको मेक्सिकोको दूतावासमा आक्रमण गरेपछि ल्याटिन अमेरिकाका सरकारहरूले इक्वेडरको चर्को आलोचना गरेका हुन् ।

अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलम्बिया, क्युबा, पेरु, उरुग्वे र भेनेजुएलाले मेक्सिकोको दूतावासमा इक्वेडरले गरेको आक्रमणको चर्को निन्दा गरेका छन् । निकारागुआले इक्वेडरसँग कुटनीतिक सम्बन्ध तोड्न मेक्सिकोसँग मिलेर काम गर्ने बताएको छ । मेक्सिकोले हिजो नै इक्वेडरसँगको सम्बन्ध तोडिसकेको छ । ब्राजिलले इक्वेडरको कदमलाई अन्तर्राष्ट्रिय कानुन र मापदण्डको ‘स्पष्ट उल्लङ्घन’ को रूपमा निन्दा गरेको छ । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले ल्याटिन अमेरिकाले विश्वमा अगाडि बढिरहेको बर्बरताको बीचमा अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयनलाई जीवित राख्नुपर्ने बताउनुभएको छ ।

यस्तै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई विवाद समाधान गर्न संयम देखाउन आग्रह गर्नुभएको छ ।

भ्रष्टाचारको आरोप लागेका इक्वेडरका पूर्वउपराष्ट्रपति जोर्गे ग्लास त्यहाँको मेक्सिकन दूतावासमा शरण लिएर बसेका थिए । ग्लासलाई पक्राउ गर्न इक्वेडरको प्रहरीले मेक्सिकोको दूतावासभित्र प्रवेश गरेर आक्रमण गरेपछि मेक्सिको र इक्वेडरबीच तनाव बढेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया