जर्मनीमा आईटी विशेषज्ञको अभाव सन् २०४० सम्ममा चौगुणा पुग्ने 'बिटकम' काे चेतावनी

 चैत ३०, २०८० शुक्रबार १८:३३:४६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

नीति निर्माताहरूले उचित प्रतिकार्य उपायहरू नगरे जर्मनीको सूचना प्रविधि (आईटी) क्षेत्रमा दक्ष कामदारको अभाव सन् २०४० सम्ममा चार गुणा बढेर छ लाख ६३ हजार पुग्ने उद्योग सङ्घ 'बिटकम' ले चेतावनी दिएको छ ।

बिटकमका अनुसार पछिल्लो पाँच वर्षमा सूचना प्रविधि क्षेत्रमा दक्ष कामदारको अभाव उल्लेख्य रूपमा बढेको छ भने अघिल्लो वर्ष झण्डै एक लाख ४९ हजार रोजगारी रिक्त रहेको छ । यो सङ्ख्या पाँच वर्षअघिको तथ्याङ्कको तुलनामा झण्डै दोब्बरले बढेको छ भने विद्यालय, प्रशासन र वैज्ञानिक संस्थासहित विभिन्न संस्थामा आईटी–केन्द्रित धेरै पदहरू खाली रहेका छन् ।

बिटकमका अध्यक्ष राल्फ विन्टरगर्स्टले आईटी विशेषज्ञहरूको अभावले जर्मनीको डिजिटल भविष्यलाई खतरामा पार्न सक्ने बताउनुभएको छ । सङ्घको प्रतिवेदनले सन् २०४० सम्ममा देशमा तीन लाख २१ हजार आईटी विज्ञको परिपूर्ति गर्ने उद्देश्यले विदेशबाट दक्ष कामदारको भर्ती बढाउन सुझाव दिएको छ । जर्मनीमा बुढ्यौली समाजले गर्दा दक्ष कामदारको अभावलाई बढाएको छ र यो विभिन्न पेसामा फैलिएको छ ।

सन् २०२३ मा सरकारले विदेशबाट दक्ष कामदारहरूको भर्ती गर्न व्यापक उपायका साथ नयाँ कानुन पारित गरेको छ । यसमा रोजगारी अध्यागमनका लागि कम तलब आवश्यकता, छिटो प्रक्रिया र प्रतिभाशाली र अनुभवी विशेषज्ञहरूका लागि श्रम बजारमा सजिलो पहुँच समावेश गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया