‘सीप मेला’ का लागि काठमाण्डौ महानगरले तालिम तथा रोजगार व्यवसायी महासङ्घसँग सहकार्य गर्ने

 बैशाख ४, २०८१ मंगलबार १५:०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले वैशाख १९ गतेदेखि टुँडिखेलमा आयोजना गर्ने एक महिने सीप मेलाका लागि नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घसँग सहकार्य गर्ने भएको छ ।

तालिम सञ्चालन र व्यवस्थापनमा महासङ्घले काम गर्ने गरी सामाजिक विकास विभाग र महासङ्घबीच सम्झौता भएको हो । सम्झौतामा विभागका निमित्त प्रमुख विमला कोइराला र महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रमोदकुमार बाानियाँले हस्ताक्षर गर्नुभएको छ ।

सीप मेलाबाट १० क्षेत्रका ३६ पेसासम्बन्धी दुई हजार ८१ जनालाई तालिम दिने लक्ष्य राखिएको छ । महासङ्घका बाग्मती प्रदेशका सचिव राजन लोहनीकाअनुसार देशभरिका चार सय ५० र बाग्मती प्रदेशका एक सय ५० वटा तालिम प्रदायक सङ्घ–संस्था महासङ्घमा आबद्ध छन् । महानगरपालिकाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सीप मेला हुन लागेको हो ।

सम्झौताबमोजिम तालिमका प्रशिक्षक, आवश्यक पर्ने सामग्री तथा उपकरण व्यवस्थापन गर्ने, प्रयोगात्मक प्रदर्शनी गर्ने दायित्व महासङ्घको हुनेछ । महानगरपालिकाले स्वीकृत गरेको पाठ्यक्रममा तालिम सञ्चालन हुनेछ । तालिम सकिएपछिको दस्तावेज महानगरलाई बुझाउनु पर्नेछ ।

१८ वर्ष उमेर पूरा भएका र ५८ वर्षसम्म उमेर समूहका व्यक्तिले तालिममा सहभागी हुन आवेदन दिन सक्नेछन् । तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया