कैलालीको मोहन्याल गाउँपालिकाका पाँच वडामा नौ वटा सिँचाइ योजनाको काम शुरु

 बैशाख १२, २०८१ बुधबार १५:८:५६ | रासस
unn.prixa.net

फाइल फाेटाे

कैलाली – कैलालीको मोहन्याल गाउँपालिकाका पाँच वडामा नौ वटा सिँचाइ योजनाको काम शुरु भएको छ । मोहन्याल गाउँपालिकाको वडा नम्बर ३, ४, ५, ६ र ७ मा सिँचाइ योजनाको काम शुरु भएको हो ।

सिँचाइ योजनाको काम उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले जनाएको छ । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकार र सङ्घ ससर्त अनुदानबाट विनियोजित दुई करोड २० लाख रुपैयाँबाट ती योजना शुरु भएको सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर अमरबहादुर पालले जानकारी दिनुभयो ।

सिँचाइ कार्यालयका अनुसार पट्रेनी सिँचाइ योजनामा २५ लाख, बडापानी, आमखोला र मौतोलीमा १५ लाख, माथिल्लो बारेगडा, बागेरवा र ओखडेको कोटमा २० लाख, पटघारी र अप्रीखोलामा २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यसैगरी मोहन्याल गाउँपालिका–३ मा एकीकृत ऊर्जा तथा सिँचाइ विशेष कार्यक्रमअन्तर्गत सङ्घ ससर्त अनुदानमार्फत रागमलेखा लिफ्ट सिँचाइ योजनाका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

खाद्यबाली, तरकारी र फलफूलखेतीको सम्भावना बोकेको मोहन्यालका किसानले सिँचाइ अभावका कारण आकाशेपानीका भरमा खेती गर्दै आएका थिए । सिँचाइ योजना सम्पन्न भएपछि सधैँका लागि समस्या समाधान हुने स्थानीय टेकेन्द्र बोगटीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया