प्रदेश नं ४ मा प्रतिपक्षी दल कांग्रेसले गर्‍याे प्रदेशसभा अवरोध

 जेठ २८, २०७५ सोमबार ८:९:३५ | रासस
unn.prixa.net

कास्की – प्रदेश नं ४ को आइतबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ । बैठकको सुरुमा नै प्रदेशसभामा पहिले टेबुल भएका विधेयक र प्रस्ताव पहिले नै छलफल गरी टुंग्याउनुपर्ने माग राख्दै कांग्रेसले सभा अवरोध गरेको थियो ।

प्रदेशको नामका बारेमा पहिले निर्णय गरेरमात्रै बैठक अघि बढाउन कांग्रेसले आग्रह गरेको छ । वि सं २०७४ चैत १२ गते गठित नामांकन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले जेठ २१ गतेको बैठकमा उपयुक्त नामलाई प्राथमिकीकरण गरी प्रदेशसभामा प्रतिवेदन बुझाएको थियो ।
 
कांग्रेसले नियतबस नामका विषयमा छलफल नचलाइएको भन्दै सभामै नाराबाजीसमेत गरेको थियो । प्रदेशसभाको गरिमा राख्नुपर्ने मागसहित नाराबाजी गरिएपछि आधा घण्टाका लागि संसद् स्थगित भयो ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक दलबीच सहमति जुट्न नसकेपछि ५ बजेमात्रै बैठक सुरु भएको थियो ।

बैठकको प्रारम्भमा नै काँग्रेसका प्रदेशसभा सदस्यहरु उठेर विरोध जनाएपछि सभामुखले काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई बोल्न दिनुभयो । नेता नेपालीले कुनै पनि हालतमा नाम नटुंग्याएसम्म सदन चल्न नदिने धारणा राख्नुभयो । उहाँले बजेटलाई भने नरोक्ने बताउँदै उहाँले बजेटका लागि सहयोग गर्न तयार भएको धारणा राख्नुभयो ।

त्यसपछि पनि कांग्रेसका सदस्यहरुले नारा लगाएपछि फेरि आधा घण्टाका लागि बैठक स्थगित भएको थियो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया