आईपीएल क्रिकेटमा दिल्लीले राजस्थानलाई २० रनले हरायो

 बैशाख २६, २०८१ बुधबार ६:२४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ ।

गएराति भएको खेलमा दिल्लीले राजस्थानलाई २० रनले हराएको हो । दिल्लीले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले सर्वाधिक ८६ रन बनाए । त्यसअघि टस हारेर ब्याटिङ गरेको  दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो । उसका र अभिषेक पोरेलले सर्वाधिक ६५ रन बनाएका थिए ।

 जितसँगै १२ खेलमा १२ अङ्कसहित दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ । राजस्थान ११ खेलमा १६ अङ्कसहित दोस्रो स्थानमा यथावत् छ । पहिलो स्थानमा रहेको कोलकाताको पनि १६ अङ्क नै छ ।

आईपीएलमा आज सनराईजर्स हैदराबाद र लखनऊ सुपर जाएन्ट्स खेल्दैछन् । हैदराबादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया