अमेरिकाले इजरायलमा बमलगायतका विस्फोटक पदार्थ पठाउन रोक लगायो

 बैशाख २६, २०८१ बुधबार १२:४४:३४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाले गाजाको शहर रफाह आक्रमणलाई ध्यानमा राख्दै इजरायलमा बमलगायतका विस्फोटक पदार्थ पठाउन रोकेको छ ।

राष्ट्रपति जो बाइडेनको प्रशासन कार्यालयका अनुसार अमेरिकाले इजरायल पठाउन लागेको नाै सय सात किलो तौलका एक हजार आठ सय बम र दुई सय २० केजी तौलका एक हजार सात सय बम रोकेको बीबीसीले जनाएको छ ।

इजरायलले गाजाको रफाहमा आक्रमण गर्ने उद्देश्यले त्यहाँ बस्ने मानिसलाई अन्यत्र जान भनेको थियो । तर उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना नबनाएसम्म रफाहमा इजरायली आक्रमणलाई समर्थन नगर्ने अमेरिकाले बताएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले धेरै महिनादेखि रफाहमा हमासविरुद्ध ठूलो मात्रामा कारबाही नगरेसम्म युद्ध जित्न नसकिने भन्दै आक्रमण तीव्र बनाउने कुरामा जोड दिँदै आउनुभएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया