झुण्डिएको अवस्थामा अर्धनग्न युवतीको शव फेला

 मंसिर ३, २०७५ सोमबार १४:४४:० | कपिल कोइराला
unn.prixa.net

काभ्रे – पनौती नगरपालिका –५, आईटी पार्क छेउमा अर्धनग्न अवस्थामा एक युवती शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार पनौती ५ बस्ने २१ वर्षीया सुधा केसीको शव फेला परेको हो । ब्रा र पेन्टी मात्रै लगाएको अवस्थामा सुधाको शव रुखमा झुण्डिएको पाइएको हो ।

सलको पासोमा झुण्डिएको अवस्थामा केसीको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार सुधा घरबाट ५ बजे निस्किएकी थिइन् ।

सुधाले लगाएको कपडा रुखको छेउमा राखिएको अवस्थामा भेटिएको छ ।  शवलाई पोष्टमार्टम गरेर परिवारले बुझेर लगिसकेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान हुने प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया