व्यापारी हत्यामा संलग्न भएको आरोपमा ३ जना मुख्य योजनाकार पक्राउ

 मंसिर ६, २०७५ बिहिबार २०:७:१८ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियाको बढैयाताल गाउँपालिकामा गोली हानी एक व्यापारीको हत्या गर्ने मुख्य योजनाकार रहेको आरोपमा ३ जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीलाई दिएको बयान, कल डिटेल रेकर्डलगायतका आधारमा उनीहरुलाई इलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले पक्राउ गरेको हो । 

बढैयाताल गाउँपालिका –३, गोब्रेपुरका ३५ वर्षीय मोहनलाल खटिकको गएको कात्तिक १९ गते गोली हानी हत्या भएको थियो । प्रहरीले हत्याको मुख्य योजनाकारको आरोपमा बढैयाताल गाउँपालिका वडा नम्बर ३ गोब्रेपुरका लक्षु भनिने लक्षिराम खटिक, सतपतियाका शालिकराम खटिक र राजेन्द्र खटिकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनुभयो । 

प्रहरीमा किटानी जाहेरी दिएको आधारमा घटनामा संलग्न रहेको आरोपमा मनोरथ भनिने मनोहर खटिक र राम जुगेस खटिकलाई पनि नियन्त्रणमा लिएको छ । हत्याका मुख्य आरोपी गैर नेपाली भारतीय नागरिक ३३ र ३२ वर्षका दुईजना सुटर फरार रहेको ओलीले जानकारी दिनुभयो । 

पशु व्यापार गर्दै आएका मृतक खटिकलाई पुरानो रिसिबी तथा लेनदेनका कारण गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । खटिकको घरमै सुतिरहेको बेलामा पेटमा हानिएको गोली कुन हतियारको हो भन्ने बारेमा भने अझै नखुलेको निरीक्षक ओलीले बताउनुभयो । 

पक्राउ परेका हत्या योजनाका आरोपितहरुलाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै थप दुई जनालाई अनुसन्धानकै क्रममा राखिएको जनाएको छ ।बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीको विशेष उपस्थितिमा भएको हत्यामा संलग्न योजनाकार सार्वजनिक कार्यक्रममा पत्रकार, जनप्रतिनिधि, नागरिक समाजलगायतकाे उपस्थिति रहेको थियो ।   

पछिल्लो समय बढैयाताल क्षेत्रमा आपराधिक क्रियाकलाप बढ्दै गएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया