दाइलाई कुवेतबाट ल्याउन सरकारको बाटो हेरिरहेका छौं

 मंसिर १४, २०७५ शुक्रबार १३:४६:१७ | मेरो कथा मेरो भोगाई

दानप्रसाद चापागाईं/नवलपरासी

हाम्रो घरको जेठो दाई भागिरथ चापागाईं कुवेतको अस्पतालमा कोमामा गएको २० महिना पुगिसक्यो । हामीले उहाँलाई सास छँदै घर ल्याउन सक्छौं कि भनेर हारगुहार गरिरहेका छौं ।

तर कहिलेकाहीँ त नसकिने पो हो कि भनेर हरेस पनि खान थालेका छौं । किनकी व्यक्तिगत प्रयासले उहाँलाई हामीले ल्याउन सकेका छैनौं । उहाँ दुर्घटनामा परेर अस्पतालमा भर्ना गरिएको भन्ने थाहा पाएपछि लुम्बिनी समाज नेपाल, कुवेतका अध्यक्ष रुपेन हमालले उहाँलाई घर फर्काउन पहल गरिरहनुभएको छ । 

उहाँले नेपाल ल्याउन चाहिने खर्च जुटाउनलाई अभियान चलाउनुभयो । पैसा जुटेपछि नेपाल ल्याउनलाई एयरलायन्स खोज्न थाल्नुभयो । तर एयरलायन्सहरुले कुनैले स्टेचरको व्यवस्था गर्न नसकिने भने अनि कुनैले यस्तो अवस्थाको बिरामी नलाने बताएपछि उहाँको प्रयास सफल भएको छैन । 

त्यसैले हाम्रो आशा अब सरकारमा अडिएको छ । हुन त यो सरकार बनेको ९ महिना कट्यो । हामीले अघिल्लै सरकारदेखि सरकारले पहल गरिदिए हामीले उहाँलाई ल्याउन सक्थ्यौं कि भन्ने सोचेका हौं । तर अघिल्लो सरकारको पालामा त्यो सम्भव भएन । 

यो सरकार आएपछि श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने घोषणा गर्नुभएको छ । त्यति मात्रै होइन उहाँले विदेशका अस्पतालमा कोमामा रहेका नेपालीलाई पनि ल्याउने बताउनुभएको छ । यसले हाम्रो परिवारमा निभ्न लागेको आशाको दियो बलिरहेको छ ।

हामीले प्रत्यक्ष भेटेर यो आग्रह गर्न सक्दैनौं । त्यसैले उज्यालोको यही माध्यमबाट उहाँसँग भन्न चाहन्छु हामी हाम्रो दाइलाई नेपाल ल्याउन सरकारको बाटो हेरिरहेका छौं । तपाईंले पहल गरिदिनुभयो भने उहाँलाई नेपाल ल्याउन सकिन्थ्यो होला । 

भागिरथका बारेमा उज्यालोमा प्रकाशित खबर पढ्नुहोस् । 

विदेशको अस्पतालमा कोमामा रहेका छोराको सास कुर्दै आमा (भिडियो)

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया