गर्भजाँच गर्न मोबाइलबाटै सन्देश

 मंसिर १८, २०७५ मंगलबार १२:५९:२८ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – जिल्लाका सबै स्थानीयतहमा गर्भवती महिलालाई गर्भजाँच गर्न आउन मोबाइलबाट सन्देश पठाउन थालिएको छ । नेपाल सरकारले मातृ मृत्युदर, नवजात शिशु मृत्युदर कम गरी संस्थागत सुत्केरीको संख्या बढाउने उदेश्यले यो कार्यक्रको सुरुवात गरेको हो ।

मेडिक मोबाइल नामक संस्थाले मातृ तथा शिशु मृत्यूदर घटाउन मोबाइल स्वास्थ्य कार्यक्रम अन्तर्गत यो कार्यक्रम सुरु गरेको हो । नेपालका बाजुरा, बैतडी, कञ्चनपुर, बाग्लुङ्ग, गोर्खा, धादिङ्गलगायतका १० जिल्लामा यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

महिलाहरु गर्भवती भएदेखि सुत्केरी नहुन्जेलसम्म स्वास्थ्य सम्बन्धित अवस्था र स्वास्थ्य समस्याको समाधान गर्न स्वास्थ्य स्वयम्सेविकाले मोबाइलमार्फत जानकारी दिन्छन् । मेडिक मोबाइलका सिनियर कार्यक्रम संयोजक मनोज खड्का भन्नुभयो, ‘गर्भवती महिलाको चार पटक गर्भजाँच गर्ने समय आएको र गर्भवती हुने समय आएको कुरा मोबाइलबाट जानकारी दिइन्छ ।’

गर्भवती महिलाहरुको स्वास्थ्य अवस्थाको जानकारी लिनकोे लागि बाजुरा जिल्लाका दुई सय २७ जना स्वास्थ्य स्वयम सेविकालाई मोबाइल प्रदान गरिएके छ । उनीहरुले आफ्नो क्षेत्रका गर्भवतीको लगत मोबाइलमा राख्छन् र त्यस पछि उनको गर्भजाँच गरे नगरेको सूचना स्वास्थ्य संस्था र स्थानीयतहको स्वास्थ्य संयोजकले सोझै हेर्न मिल्ने मेडिक मोबाइल कञ्चनपुरका कार्यक्रम अधिकृत मिन बडुवालले बताउनुभयो ।

जिल्लाका स्वास्थ्य स्वंयमसेविलाई सन्देश पठाउन सक्ने गरि तालिम पनि दिइएको छ । यसमा सामान्य लेखपढ भएकाहरुले समेत सन्देश पठाउन सक्ने गरि तालिका बनाइएको छ । सिनियर कार्यक्रम संयोजक खड्काले भन्नुभयो ‘ग्रामिण क्षेत्रमा महिलाको स्वास्थ्य सेवालाई प्रेरणा दिन, स्वास्थ्य स्वयम सेविकामार्फत गर्भवती महिलाको स्वास्थ्य समस्यालाई समाधान गर्न र उपचार गराउन यसले प्रभावकारी भूमिका खेल्नेछ’ ।

बाजुराको गौमुल, हिमाली गाउँपालिकामा टेलिफोन सेवा उपलब्ध नभएका ठाउँहरुमा यो सन्देश पठाउन कठीन भएको छ । स्वास्थ्य स्वयम्सेविका गर्भवतीलाई सन्देश पठाउनको लागि खर्च हुने रिचार्ज स्थानीय तहले मासिक रुपमा दुई सय भक्तानी गर्दै आएको छ ।
 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया