यस्ता पनि जनप्रतिनिधि : बैठक भत्ता जम्मा गरेर वडा सदस्यले बनाए पुल

 मंसिर १८, २०७५ मंगलबार १८:१९:५१ | शिव ढुंगाना
unn.prixa.net

बैठक भत्ता जम्मा गरेर पुल बनाउने वडा सदस्य दोर्जी शेर्पा

ओखलढुंगा– खिजीदेम्बा गाउँपालिका–९, पात्लेका एक वडा सदस्यले आफूले पाएको भत्ता जोगाएर पुल निर्माणमा खर्च गर्नुभएको छ ।

वडा सदस्य दोर्जी शेर्पाले कार्यपालिका बैठकमा सहभागी भएबापत प्राप्त गरेको भत्ता र थप रकम समेत लगानी गरेर गाउँमा दुईवटा पुल निर्माण गर्नुभएको हो । बैठकमा सहभागी भएबापत् लिएको ८५ हजार ५ सय ५० रुपैयाँ र थप १ लाख २० हजार रुपैयाँ खर्चिएर शेर्पाले व्यक्तिगत लगानीमा काठे पुल निर्माण गर्नुभएको हो ।

स्थानीय खोला तरेर वर्षाद्मा आवत–जावत गर्न नसकिने अवस्थाको अन्त्य गर्न शेर्पाले आफूले पाएको भत्ता जम्मा गरेर पुल निर्माण गर्नुभएको हो । पुल निर्माणको विषय गाउँपालिकाको प्रथामिकतामा नपरेपछि शेर्पाले व्यक्तिगत योगदानमा पुल निर्माण गर्नुभएको हो ।

वडा र गाउँपालिका अध्यक्षले आफ्नो सुझाव नसुन्दा नागरिकको प्रतिनिधि भएर काम गर्न समस्या भइरहेको उहाँको गुनासो छ । पुल निर्माणमा वडा सदस्य शेर्पाले आर्थिक लगानी गरेपछि स्थानीयले श्रमदान गरेका थिए ।

वडा सदस्यको नेतृत्वमा काठ र जस्ताको प्रयोग गरेर व्यवस्थित पुल निर्माण भएपछि स्थानीयलाई निकै सहज भएको जनता आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पेम्बा शेर्पाले बताउनुभयो ।

पुल बनेपछि विद्यालय आउने विद्यार्थीलाई विद्यालय आवत जावत गर्न सहज भएको छ । दोर्जी शेर्पा ओखलढुंगाबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने व्यक्ति समेत हुनुहुन्छ । उहाँ स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया