भगिमानसिंह स्मृति फुटबलमा इलाम र पाँचथर विजयी

 पुस ३, २०७५ मंगलबार १७:३९:६ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम –  तेह्रथुममा जारी भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएक खेलमा इलाम र पाँचथरले विजयी सुरुवात गरेका छन् । 

म्याङलुङ नगरपालिका–२, मा रहेको मैदानमा भइरहेको प्रतियोगितामा माइभ्याली फुटबल  क्लब इलामले ताप्लेजुङलाई १–० गोलले र फिदिम स्पोर्टिङ क्लब पाँचथरले मोरङलाई २–० ले  पराजित गरेका हुन् । 

इलामका लागि खेलको चौथो मिनेटमा दर्शन गुरुङले गोल गरेका थिए । खेल प्रतिस्पर्धात्मक भए पनि खेल अवधिभर ताप्लेजुङले गोल गर्न सकेन र जित इलामको पोल्टामा पर्‍यो । 

यस्तै अर्को खेलमा पाँचथरका लागि १८ औँ मिनेटमा मिलन राई र ३५ औँ मिनेटमा प्रविन जवेगुले गोल गरे । पटक–पटक मौका पाए पनि मोरङले गोल गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । 

प्रतियोगितामा प्रदेश नं. १ का १० जिल्लाका एक–एक टिम सहभागी छन् । प्रतियोगिताको विजेतालाई नगद २ लाख ५ हजार र उपविजेतालाई नगद १ लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता पुस ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता सञ्चालनका लागि २८ लाख रुपैयाँ बढी खर्च हुने आयोजकले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया