छोरालाई वार्षिक तीन लाख छात्रवृत्ति दिन वडाध्यक्षले नै बनाए यस्तो मापदण्ड !

 पुस १३, २०७५ शुक्रबार १४:१७:४३ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष आसमान राईले वडापालिकाको बजेटबाट आफ्नै छोरालाई वार्षिक तीन लाख रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउनुभएको छ ।

वडाध्यक्ष आसमान राईले आफ्नो छोराको मात्र योग्यतासँग मिल्ने गरी मापदण्ड तयार गरेर इञ्जिनियरिङमा स्नातक अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय गरेको वडापालिकाका एक सदस्यले बताउनुभयो ।

महाकुलुङ–१, को बासिन्दा, सगरमाथा माविबाट एसएलसीमा सबैभन्दा बढी अंक ल्याएर उत्तिर्ण भएको, विज्ञान विषय लिएर उच्च माध्यमिक शिक्षा उत्तिर्ण गरेको र इञ्जिनियरिङ अध्ययनका लागि क्याम्पसको प्रवेश परीक्षा उत्तिर्ण गरेको व्यक्तिलाई वार्षिक तीन लाख रुपैयाँ छात्रवृत्ति दिने निर्णय वडापालिकामा गरिएको हो ।

बिरोधका बाबजुद पनि आफ्नो छोराको मात्र योग्यता मिल्ने गरी वडाध्यक्ष राईले निर्णय गराएको वडा सदस्यको दाबी छ । वडाको निर्णय अनुसार बिहीबार वडाध्यक्षका छोरा मनोज कुलुङले गाउँपालिकाबाट पहिलो वर्षको ३ लाख रुपैयाँ भुक्तानी लिएका छन् ।

वडाअध्यक्ष आशमान राईले भने वडापालिकाले तोकेको मापदण्डभित्र आफ्नो छोरामात्र भएकोले प्रतिस्पर्धा नभएको बताउनुभयो । आफूले छोरालाई नै छात्रवृत्ति उपलब्ध गराउने मनसाय नभएको दाबी गर्दै उहाँले आगामी वर्ष तोकिएको मापदण्ड पुगेमा वडाका अरुले पनि छात्रवृत्ति पाउने बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया