स्कुल गएका तीन किशोरी चार दिनदेखि बेपत्ता

 पुस १३, २०७५ शुक्रबार २०:३:५३ | मुना हमाल
unn.prixa.net

सुर्खेत – सुर्खेतको सिम्ता गाउँपालिकाका विद्यालय हिँडेका तीन बालिका चारदिनदेखि बेपत्ता छन् । सिम्ता गाउँपालिकाको वडा नम्बर ५ आलीमा पर्ने नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कक्षा ६ मा अध्यनरत बालिकाहरु हराएका हुन ।

गाउँपालिका वडा नम्बर ९ खानिखोलाका १४ वर्षीया निशा सिंह ठकुरी, त्यसै ठाउँका १५ वर्षीया यमुना खत्री, र उनकी बहिनी १२ वर्षकी रीसिमा खत्री हराएका हुन । उनीहरु गएको मंगलबार (पुस १० गते) ‘विद्यालय जान्छौँ’ भनेर घरबाट हिँडेका थिए ।

छोरीहरु बेलुकी घर नआएपछि सोही दिन राति प्रहरी चौकी आलीमा परिवारले खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रतिबबहादुर श्रेत्रीले बालिकाहरुको खोज कार्य भइरहेको जानकारी दिनुभयो ।

‘अहिलेसम्मको अनुसन्धानमा उनीहरु बुटवलतर्फ गइरहेको भन्ने छ । उनीहरु फूपुको घर बुटवल भएको भन्दै कोहपुरसम्म गाडीमा गएको देखिन्छ’, उहाँले भन्नुभयो, ‘हामीले कोहलपुरसम्म जाने गाडी चालकसँग पनि सोधपुछ गरेका छौँ ।’ 
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया