प्यूठानका एक युवा जोडीको रहस्यमय मृत्यु

 असार २, २०७५ शनिबार १८:८:३३ | एलबी थापा

प्यूठान - प्यूठानको झिमरुकका शिरबहादुर जिसी र सृष्टि जिसीको रहस्यमय रुपमा ज्यान गएको छ । झिमरुक ५ का उनीहरुको जिल्ला प्रहरी कार्यालयमा मुद्दा लेखिरहेका बेला ज्यान गएको हो । 

उनीहरुले हाडनाता करणी गरेको भन्दै युवतीकी आमाले चौकी ओखरकोट मच्छीमा उजुरी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । तर त्यहाँ कुरो नमिलेपछि जिल्ला प्रहरी कार्यालयमा पठाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीको मुद्धा फाँटमा मुद्धा लेख्दैगर्दा दुवैजनाले बान्ता गरेपछि उपचारका लागि प्यूठान अस्पताल विजुवार लगेपनि बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

उनीहरुले विष खाएको हुनसक्ने प्रहरीको अनुमान छ । तर, प्रहरीसँगै मच्छीबाट सदरमुकाम पुर्याइएका उनीहरुले बिच बाटोमा कसरी विष खाए भन्नेबारे रहस्यमय भएको छ । 

बाटोमा चिया खान होटलमा गएका बेला उनीहरुले विष खाएको हुनसक्ने प्रहरीको अनुमान छ । तर ज्यान गुमाएकाका आफन्तले भने प्रहरीले हिरासतमा राखेर यातना दिएर यस्तो घटना हुन पुगेको आरोप लगाएका छन् ।

प्यूठानका प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले उनीहरुलाई हिरासतमा नराखिएको बताउनुभएको छ । उहाँका आफन्तले घटनाबारे बुझ्न चाहे आफूहरुसँग सीसी क्यामेराको भिडियो सुरक्षित रहेको उहाँले बताउनुभयो । 

घटनाबारे प्रहरी चौकी मच्छीमा ज्यान गुमाएकाका आफन्त र प्रहरीबीच छलफल भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

एलबी थापा

एलबी थापा प्यूठानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया