१०औँ स‌ंस्करणको फाल्गुनन्द गोल्डकप आजदेखि सुरु हुँदै

 पुस २१, २०७५ शनिबार ९:१०:१९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – दशौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता पाँचथरको फिदिममा शनिबारदेखि सुरु हुँदैछ ।

शनिबारको उद्घाटन खेलमा झापा–११ ले कर्णसिं सोनाम मेमोरियल क्लब ताप्लेजुङको सामना गर्नेछ । स्थानीय फिदिम माविको खेल मैदानमा यी दुई टोलीको प्रतिस्पर्धा दिउँसो २ः३० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । अघिल्लो संस्करणसम्म फिदिम स्पोर्टिङ क्लबले मात्रै आयोजना गर्दै आएको प्रतियोगिता यस वर्ष भने पाँचथर जिल्ला फुटबल संघसँगको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन हुनेछ ।

पुस ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले आकर्षक ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २ लाख पाउनेछ । यस्तै विधागततर्फ बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड, उदीयमान खेलाडी र प्रत्येक खेलको म्यान अफ् द म्याचलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । बेस्ट कोच र सर्वाधिक गोलकर्ताले नगद १५ हजार रुपैयाँ पाउनेछन्  ।प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल पाउनेछन् । 

रुस्लानको मुख्य प्रायोजन रहने प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरु त्रिभुवन आर्मी क्लब काठमाडौं, सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौं, ब्रिगेड ब्वाइज क्लब काठमाडौं, फ्रेन्ड्स क्लब ललितपुरका साथै झापा–११, मोरङ–११, सुनसरी–११, रोयल एफसी क्लव दार्जीलिङ भारत, कर्णसिँ सोनाम मेमोरियल क्लब ताप्लेजुङ र आयोजक फिदिम स्पोर्टिङ क्लब पाँचथरले प्रतिस्पर्धा गर्नेछन् । पूर्वको प्रतिष्ठित फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता पाँचथर जिल्लाको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।


 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया