१० औं फाल्गुनन्द गोल्डकप : झापा–११ को विजयी सुरुवात

 पुस २१, २०७५ शनिबार १८:३३:१४ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको फिदिममा शनिबारदेखि सुरु भएको १० औं संस्करणको रुष्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा झापा–११ ले विजयी सुरुवात गरेको छ ।

स्थानीय फिदिम माविको खेलमैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा कर्णसी सोनाम मेमोरियल क्लब ताप्लेजुङविरुद्ध ३–१ गोल अन्तरको सहज जित दर्ता गर्दै झापाले विजयी सुरुवात गरेको हो ।

खेलको सुरुवातमै लिएको अग्रतालाई जोगाउन नसक्दा ताप्लेजुङ पराजित भएको हो । खेल सुरु भएको छैटौँ मिनेटमा ताप्लेजुङका अनुप सेन्दाङले गोल गरे । झापाका देबेन्द्र तामाङले २६ औं मिनेटमा बराबरी गोल गरे ।

यस्तै ४९ औं मिनेटमा राजकुमार कन्दङवाको गोलबाट झापाले २–१ को अग्रता लियो । खेलको ५७ औं मिनेटमा झापाका क्याप्टेन कर्ण लिम्बूले गोल गर्दै टिमलाई ३–१ को सहज जित दिलाए । खेलको म्यान अफ द म्याच झापाका देवेन्द्र तामाङ घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

पुस ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले आकर्षक ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २ लाख पाउनेछ । यस्तै विधागततर्फ बेस्ट गोलकीपर, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड, उदीयमान खेलाडी र प्रत्येक खेलको म्यान अफ् द म्याचलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

बेस्ट कोच र सर्वाधिक गोलकर्ताले नगद १५ हजार रुपैयाँ पाउनेछन्  । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल पाउनेछन् । प्रतियोगितामा ए डिभिजन क्लबसहित १० टोलीको सहभागिता रहेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया