फाल्गुनन्द गोल्डकप: ब्वाइज युनियनलाई हराउँदै रोयल एफसी, दार्जिलिङ सेमिफाइनलमा

 पुस २६, २०७५ बिहिबार १९:५२:२० | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – रोयल एफसी, दार्जिलिङ पाँचथरको फिदिममा जारी १० औँ सँस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्थानिय फिदिम माविको खेल मैदानमा बिहीबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा ब्वाइज युनियन क्लब काठमाडौंलाई २–० ले पाखा लगाउँदै दार्जिलिङले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

दार्जिलिङको जितमा करण राई नायक बने । उनले १५ औं र ७३ औं मिनेटमा गोल गरे । 

खेलमा उत्कृष्ट प्रदर्शन गरेको दार्जिलिङले पाएका थुप्रै अवसरलाई गोल गर्न नसक्दा फराकिलो अन्तरले जित निकाल्न सकेन । ५४ औँ मिनेटमा डिफेन्डरको गल्तिका कारण दार्जिलिङका सिद्धान्त क्षेत्रिको फितलो प्रहार ब्वाइज युनियनका गोलकिपर आकाश राणाभाटले सजिलै नियन्त्रणमा लिए ।

यस्तै ७६ औंं मिनेटमा दार्जिङका करण राईको शसक्त प्रहार ब्वाइज युनियनका डिफेन्डर विदेशी खेलाडी एन्टोनिलाई लाग्दै बाहिरिएको थियो । 
दार्जिलिङसामु खासै राम्रो खेल प्रदर्शन गर्न नसकेको ब्वाइज युनियनले ६१ औं मिनेटमा सुमन श्रेष्ठको फ्रिकिक प्रहार पोलमा ठोक्किँदै बाहिरिँदा बराबरी गोल गर्ने मौका गुमायो । 

त्यसपछि भने काठमाडौंले गोल गर्ने खासै राम्रो अवसर सिर्जना गर्न सकेन । खेलको म्यान अफ द म्याच दार्जिलिङका गोलकर्ता करण राई बने । उनले नगद १० हजार प्राप्त गरे ।

बिहीबार सम्पन्न खेलसँगै १० औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । 

प्रतियोगितामा शुक्रबारदेखि सेमिफाइनका खेल हुनेछ । फाइनल प्रवेशका लागि शुक्रबार झापा–११ र स्वरस्वती क्लबले प्रतिस्पर्धा गर्नेछन् भने शनिबार दार्जिलिङले त्रिभुवन आर्मी क्लब काठमाडौंसँग खेल्नेछ ।

पुष ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले आकर्षक ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २ लाख पाउनेछ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया