कारको ठक्करबाट बर्दिया निकुञ्जको पाटे बाघ गम्भीर घाइते

 पुस २७, २०७५ शुक्रबार १४:३४:२५ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जको अम्रेनी चेक पोष्ट नजिक शुक्रबार बिहान कारको ठक्करबाट एउटा पाटे बाघ गम्भीर घाइते भएको छ ।

पूर्व पश्चिम राजमार्गको अम्रेनी चेक पोष्टदेखि ३ किलोमिटर पश्चिम बर्दिया निकुञ्जभित्र पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ८ च ३९१८ नम्बरको कारको ठक्करबाट वयस्क भाले पाटे बाघ गम्भीर घाइते भएको निकुञ्जले जनाएको छ ।

घाइते भएलगत्तै निकुञ्ज सुरक्षार्थ नेपाली सेना,राष्ट्रिय प्रकृति संरक्षण काेष र निकुञ्जको टोली घटनास्थल पुगेको थियो । घाइते बाघलाई निकुञ्ज सुरक्षार्थ खटिएको शिव दल गणका नेपाली सेना, निकुञ्जको प्राविधिक टोलीले (डार्ट) लठ्याउने सुई लगाएर उपचारका लागि बर्दिया निकुञ्ज मुख्यालय ठाकुरद्वारा लगिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।

बाघको दुईवटा दाँत भाँचिएको र शरीरको भित्री भागमा चोट लागेको छ । घाइते बाघ हिँड्न नसक्ने अवस्थामा सडक किनारमै पल्टिएको थियो । बाघलाई ठक्कर दिएपछि कार अनियन्त्रित भएर सडकभन्दा बाहिर गएको थियो । कारमा सवार यात्रु भने सकुशल छन । ठक्कर दिने कार र चालक निकुञ्जले नियन्त्रणमा लिएको छ ।

दुई वर्षअघि यसै क्षेत्रमा बसको ठक्करबाट एउटा वयस्क पाटे बाघ मरेको थियो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया