फाल्गुनन्द गोल्डकप : दार्जिलिङकाे रोयल एफसीलाई हराउँदै आर्मी फाइनल प्रवेश

 पुस २८, २०७५ शनिबार १८:५०:५३ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा भारतको रोयल एफसी क्लब दार्जिलिङलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेकाे छ ।

स्थानीय फिदिम माविको खेलमैदानमा शनिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा भारतको रोयल एफसी क्लब दार्जिलिङलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलमा झापा-११ सँगकाे भेट पक्का गरेको हो । झापा ११ ले शुक्रबार सरस्वती क्लब काठमाण्डौलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे हाे ।

शनिबारकाे खेलमा ८९ औँ मिनेटसम्म १–१ गोलको बराबरी भएकोे खेलमा अन्तिम १ मिनेट सम्हालिन नसक्दा दार्जिलिङ प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको हो । खेलको ९० औँ मिनेटमा आर्मीका एरिक विष्टले विजयी गोल गर्दै आर्मीलाई उपाधि नजिक पुर्‍याए ।

यसअघि खेलको १५ औँ मिनेटमा राजेश पौडेलकाे गोलबाट आर्मीले अग्रता लिएको थियो । तर त्यो अग्रता धेरै समय टिक्न सकेन ।

२० औँ मिनेटमा दार्जिलिङका सिद्धान्त क्षेत्रीले बराबरी गोल गरे । ५२ औँ मिनेटमा करण राईको सशक्त प्रहार पोलको केहि माथिबाट बाहिरींदा  दार्जिलिङले अग्रता बनाउने मौका गुमाएकाे थियो ।

आर्मीका एरिक विष्ट खेलको म्यान अफ द म्याच हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।

उपाधिका लागि आर्मी र झापा–११ बीचकाे खेल सोमबार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले आकर्षक ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २ लाख पाउनेछ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया