कोइराला भन्दैमा भगवान हुँदैनन्, वीपीको सिद्धान्त लागु गर्न सक्नुपर्छ : सुजाता कोइराला

 असार ४, २०७५ सोमबार १३:५३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भएको आरोप लगाउनुभएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ कोइरालाले सभापति देउवाकै कारण पार्टी कमजोर भएको बताउँदै अब देउवाको विकल्प खोजिनुपर्ने बताउनुभयो । चुनावमा पार्टीले पराजय भोग्दैमा नेतृत्वले राजीनामा दिनु नपर्ने तर पराजयको जिम्मेवारी बहन गर्नुपर्ने उहाँको  भनाई छ । कोइरालाले भन्नुभयो, ‘पद् छोड्नै पर्छ भन्ने छैन्, पराजयको जिम्मेवारी लिएर नेता कार्यकर्तामा उत्साह थप्नुपर्छ, गिरिजाबाबुले पार्टीले हार्दा जिम्मेवारी लिएर उत्साह थप्नुहुन्थ्यो, अहिलेको नेतृत्वले त्यसो गर्न सकेन ।” 

‘गाउँ–गाउँमा सक्षम कार्यकर्ता छन्, सुतेर बसेकालाई जगाउन सक्ने हो भने कांग्रेस बलियो हुन्छ । फेरि जागेर आउँछ । जगाउन सक्ने नयाँ नेतृत्व चाहिन्छ’, कोइरालाले अगाडि भन्नुभयो, ‘पार्टीको तल्लो तहसम्मका नेता कार्यकर्ताको भावना बुझ्न सक्ने नेतृत्व चाहिन्छ । माथि बसेर लाद्ने नेतृत्वले पार्टीलाई असफल बनाउँछ ।’

अबमहासमितिको बैठक बसेर कांग्रेसको आगामीयात्रा तय गर्नुपर्नेमाउनले जोड दिएकी छिन् । महासमितिको बैठकको भावनाअनुसार नेतृत्व चल्न तयार हुनुपर्नेमाउनले सचेत गराइन् ।

कोइराला परिवारभित्रबाटै अबको नेतृत्व खोज्न लाग्नु भएको हो त भन्ने पत्रकारको प्रश्नमा उहाँले जोसुकै भए पनि कांग्रेसलाई जगाउन सक्ने व्यक्ति हुनुपर्ने तर्क गर्नुभयो ।‘ ‘सधैँ कोइराला परिवार रहँदैन, कोइराला हुँदैमा सबै राम्रो हुन्छ भन्ने छैन, कोइरालाहरु भगवान पनि होइनन्, तर वीपीको सिद्धान्त लागु गर्न सक्ने व्यक्ति चाहिन्छ’, उहाँले भन्नुभयो । 

फरक प्रसंगमा उहाँले नेपालका दुई छिमेकी देश भारत र चीनसँगको सम्बन्ध एकनासले अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सन्दर्भमा उहाँले नेपालको हितमा हुने गरी भ्रमणलाई केन्द्रित गर्न सुझाव दिनुभयो । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया