खर काट्न निकुञ्ज पसेका २ जना गैँडाको आक्रमणबाट घाइते

 माघ ११, २०७५ शुक्रबार २०:१०:३५ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको गैँडाको आक्रमणबाट बर्दियाको गेरुवा गाउँपालिकाका २ जना घाइते भएका छन् । 

खरखडाइका लागि बर्दिया राष्ट्रिय निकुञ्जभित्र गएका बेला शुक्रवार दिउँसो गैँडाले आक्रमण गर्दा गेरुवा गाउँपालिका ५ का १४ वर्षीया सपना सिंह र ३५ वर्षीया जुगमनी थारु घाइते भएको बन्जरिया रेन्जपोष्टका रेन्जर हर्षबहादुर सिहंले जानकारी दिनुभयो ।

उनीहरु खर काट्न बर्दिया राष्ट्रिय निकुञ्जभित्र गएका बेला बञ्जारिया रेन्जपोष्टको कालावन क्षेत्र भन्ने ठाउँमा गैँडाले उनीहरुलाई आक्रमण गरेको उहाँले बताउनुभयाे । 

गै‌ँडाकाे आक्रमणबाट घाइते भएका दुवै जनाकाे उपचार भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका बासीन्दाका लागि बिहीबारबाट निकुञ्ज खुला गरेको छ । हरेक वर्ष खरखडाइका लागि निकुञ्ज खुल्ला गर्दा तीन दिनमा झण्डै ३० हजार मानिस निकुञ्जभित्र प्रवेश गर्ने गर्छन् ।

निकुञ्जभित्र वन्यजन्तुको खतरा हुनसक्ने भएकाले सावधानी अपनाउन निकुञ्ज प्रशासनले सबैमा आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया