२ वर्षीया बालिका अपहरण गर्ने २ जना फिरौती रकमसहित जनकपुरबाट पक्राउ

 माघ ११, २०७५ शुक्रबार १९:५८:१९ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - काठमाण्डाैकाे कोटेश्वर महादेवस्थानबाट अपहरणमा परेकी २ वर्षीया बालिकालाई अपहरण गर्ने मध्येका २ जना जनकपुरबाट डेढ लाख नगदसहित शुक्रबार पक्राउ परेका छन् ।

जनकपुर स्थायी घर भएकी डा. बबिता साहकी २ वर्षकी छोरी सन्दिज्ञा साह शुक्रबार बिहान ८ बजे अपहरणमा परेकी थिइन् । बालिकालाई प्रहरीले ८ घण्टापछि अपहरणकारीबाट सकुशल मुक्त गरेको थियो ।

बालिका सकुशल मुक्त भएपछि अपहरणकारी फरार रहेका थिए ।

प्रहरीले बालिका अपहरण घटनामा संलग्न अर्चना गुप्ता र बाबुल श्रेष्ठलाई १ लाख ५० हजार रुपैयाँ फिरौती रकमसहित जनकपुरको नमस्कारचोकबाट शुक्रबार साँझ ५ बजे पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।  

बिहान ८ बजे कोटेश्वर महादेवस्थानबाट अपहरणमा परेकी २ वर्षीया बालिकालाई अपहरणकारीले ८ घण्टापछि तिलगंगामा रहेकाे गणेश होटल अगाडि सडकमै छाडेर भागेपछि प्रहरीले उद्धार गरेको थियो ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया