जन्ती बसमा करेन्ट अपडेट: प्रत्यक्षदर्शीले ९ जना दावी गरे पनि ६ जनाकाे मात्र शव भेटिएकाे प्रहरीकाे पुष्टि

 माघ ११, २०७५ शुक्रबार २१:१६:२४ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ६ जनाको शव भेटिएकाे प्रहरीले पुष्टि गरेकाे छ ।

प्रारम्भिक तथ्यांकमा स्थानीयले ९ जनाकाे मृत्यु भएकाे बताएकाे भए पनि प्रहरीले भने अहिलेसम्म छ जनाकाे मात्र शव फेला पारेकाे छ ।

 ना ५ ख १७ ५२ नम्बरको लालिमा डिलक्स बसमा  सडकमा बिजुलीको पोलमा जडान भएको ११ हजार भोल्टको तारमा छुँदा करेन्ट लागेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रहरीले भेटाएकाे शवका आधारमा हेरदा ज्यान गुमाउनेमा ३ महिला, १ बालिका र एक बालक छन् भने एकजनाको शरीर डढेकोले पहिचान हुन सकेको छैन ।

घटनामा गम्भीर घाइते भएका २ जनालाई जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ ।

भेटिएका शवलाई पाेष्टमार्टमाका लागि जनकपुर अञ्चल अस्पताल ल्याइँदै गरेकाे  र अझै धेरै हताहति भएकाे हुनसक्ने धनुषा प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया