अतिक्रमण हटाउन माग गर्दै कञ्चनपुरमा अनिश्चितकालीन बन्द

 माघ १५, २०७५ मंगलबार ११:१०:५ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – सरकारी जमिनमा अवैध तरिकाले निर्माण भएका संरचना भत्काउनु पर्ने माग गर्दै युवा नेताहरुले अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् । 

महेन्द्रनगर नगर विकास समितिको जग्गाको अतिक्रमण हटाउन माग गर्दै प्रमुख राजनीतिक दलका भातृ संगठनहरुले मंगलबारदेखि अनिश्चितकालीन बन्द आह्वान गरेका हुन् । 

‘लिज’का नाममा सरकारी जमिनमाथि भएको दोहन हटाउन सरकारले कुनै पहल नगरेपछि आफूहरु आन्दोलनमा उत्रिएको विद्यार्थी नेता कमल रोकायाले बताउनुभयो । उहाँले अवैधानिक रुपमा निर्माण भएका संरचनालाई तत्काल भत्काइनु पर्ने आफूहरुको माग रहेको बताउनुभयो ।

यस्तै, लिज माफियालाई कारबाही गर्नुको साटो सरकारले खुट्टा कमाएको अर्का विद्यार्थी नेता ओम बस्नेतको आरोप छ । उहाँले सरकारले अतिक्रमण हटाउन पहल नगरे आफूहरुले नै संरचना भत्काउनेसमेत चेतावनी दिनुभयो । 

बन्दका कारण व्यपार व्यवसाय, शैक्षिक संस्था, यातायात ठप्प हुनुका साथै भारतबाट आएका यात्रु बसपार्कमा अलपत्र परेका छन् । 

यसअघि, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलेसमेत एक महिनाभित्र अवैधानिक तरिकाले बनेका भवन भत्काउन पुस ९ गते आदेश दिएको थियो । तर, अतिक्रमण हटाउन अहिलेसम्म कुनै पनि कदम चालेको देखिँदैन । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया