नेपाललाई सुरुमै झट्का, पहिलो बलमै नाभीदले गरे प्रदीपलाई आउट

 माघ १७, २०७५ बिहिबार १६:४१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – टी–२० सिरिजको पहिलो खेलमा यूएईले दिएको १५४ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेपाललाई सुरुवातमै झट्का लागेको छ । 

नेपालले पहिलो बलमा नै ओपनिङ ब्याट्सम्यान प्रदीप ऐरीलाई गुमाएको हो । प्रदीपलाई यूएईका बलर मोहम्मद नाभीदले एलबीडब्ल्यू आउट गरे । 

टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । जवाफी ब्याटिङमा रहेको नेपालका लागि अहिले क्रिजमा पारस खड्का र ज्ञानेन्द्र मल्ल रहेका छन् । ताजा अवस्थामा नेपालले  तीन ओभरकाे समाप्तिमा एक विकेटकाे क्षतिमा १६ रन बनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया