‘देउवा र पौडेल गुट बनाएर अगाडि बढे कांग्रेस आफै सक्किन्छ’

 असार ६, २०७५ बुधबार १८:२७:३ | हरि हुमागाईं

मकवानपुर – नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी नेतृत्व तत्काल रुपान्तरण हुन जरुरी रहेको बताएका छन् । 

उनीहरुले रुपान्तरण भएर मात्र कांग्रेस अगाडि बढ्न सक्ने बताएका हुन् । आज दिनभर नेपाली कांग्रेसका ३५ जिल्लाका सभापतिहरुले बोल्ने क्रममा पार्टीको केन्द्रीय नेतृत्व तहबाटै स्थानीय तहसम्म पार्टीमा रुपान्तरण आवश्यक रहेको बताएका छन् ।  

कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलको गुट भन्दा पनि एकताबद्ध भएर अगाडि बढ्नका लागि  जिल्ला सभापतिहरुले सुझाव दिएको प्रवक्ता शर्माले बताउनुभयो । जिल्ला सभापतिहरुले अझ्र पनि गुट–उपगुटमा कांग्रेस चल्ने हो भने आफै सिद्धिने बताएका छन् । अहिले सरकार कम्युनिष्टले चलाए पनि कांग्रेसले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेकोमा जिल्ला सभापतिहरुले आपत्ति जनाएका छन् । 

जिल्लास्तरमा कांग्रेस बलियो बनाउनका लागि आफूहरुले भूमिका खेल्ने र केन्द्रमा नेतृत्वले पहल गर्नका लागि पार्टीलाई सुझाव दिएका छन्  । पार्टी नेतृत्वले आत्मसमीक्षा गरेर अगाडि बढ्नुको विकल्प नभएको उनीहरुको भनाई छ । भोलि पनि बिहानैदेखि बाँकी जिल्लाका जिल्ला सभापतिहरुले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ । 
    
जिल्ला सभापतिहरुले नेतृत्वको कडा आलोचनासमेत गरेका छन् । बिहान ११ बजेबाट सुरु भएको बन्दसत्रमा बोल्दै नेतृत्वकै कारण कांग्रेसले चुनावमा हार ब्यहोरेको जिल्ला सभापतिहरुले आरोप लगाएका छन् ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया