माघे झरीले अलैंची किसानलाई फाइदा

 माघ २६, २०७५ शनिबार १३:३५:३१ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – बिहिबारदेखिको निरन्तर झरीका कारण चिसो बढेपछि अधिकांश ठाँउमा जनजीवन प्रभावित भइरहेका बेला पूर्वी पहाडी जिल्लाका अलैंची किसानलाई भने फाइदा पुगेको छ । 

अलैंचीमा फल लाग्नुभन्दा पहिलाको यो समयमा अलैंचीको टुसा लाग्ने गर्दछ । यतिबेला अलैंचीलाई पानीको धेरै आवश्यकता पर्ने हुनाले तीन दिनसम्म निरन्तर पानी परेपछि पाँचथरसहित ताप्लेजुङ, इलाम, तेह्रथुम र धनकुटालगायतका पूर्वी पहाडी जिल्लाका किसानलाई फाइदा पुगेको हो ।

गएको असोज महिनादेखि भारि वर्षा नहुँदा मुहानहरु सुक्दै गएपछि अलैंचीको बोट मर्छ कि भनेर चिन्तामा रहेका अलैंची किसान माघ महिनामा पानी परेपछि  बाली सप्रिने आशा जागेकोे फालेलुङ गाउँपालिका–८ का अलैंची किसान यामकुमार कुरुम्बाङले बताउनुभयो ।

हिउँदमा अलैंचीको बिरुवाले जति बढी पानी पायो पछि त्यतिनै राम्रो फल दिने भएकाले माघे झरीले धेरै फाइदा पुर्‍याएको उहाँले बताउनुभयो ।

जिल्लामा प्रमुख नगदबालिको रुपमा अलैंचीलाई लिइन्छ । फालेलुङ गाउपालिका, याङवरक, मिक्लाजुङ र फिदिम नगरपालिकाका केहि स्थान अलैंची उत्पादनको पकेट क्षेत्र हुन । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत अलैंची जोन परियोजनासमेत सञ्चालनमा रहेको छ ।

माघे झरीले अलैंची किसानसँगै खेत र बारीमा लगाइएको आलु र जौलगायतका बालीमा पनि फाइदा पुगेकाले कृषकहरु हर्षित देखिन्छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया