आउँदो विश्वकपमा भारतीय टिममा धोनी हुनु आवश्यक : युवराज सिंह

 माघ २६, २०७५ शनिबार १३:३१:३८ | एजेन्सी
unn.prixa.net

अनुभवी क्रिकेटर युवराज सिंहले आउँदो विश्वकपमा भारतीय टिमको प्रदर्शनमा महेन्द्रसिंह धोनीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

युवराजले धोनी वर्तमान कप्तान विराट कोहलीका ‘मार्गदर्शक’ भएकाले निर्णय लिने कुरामा उनले महत्वपूर्ण भूमिका खेल्ने बताए । 

धोनीको फर्मलाई लिएर अहिले टिममा समावेश गर्ने वा नगर्ने भन्ने विषयमा विवाद नै छ । तर भारतीय टिमका पूर्व कप्तान सुनिल गावस्करसहित अन्यले पनि खेलको परिस्थितिअनुसार धोनीले निर्णय गर्न सक्ने भएकाले टिममा उनको भूमिका महत्वपूर्ण हुने बताएका छन् । 

सन् २०११ को विश्वकपमा ‘प्लेयर अफ् द टुर्नामेन्ट’ समेत रहेका युवराज सिंहले धोनीका बारेमा सोधिएको प्रश्नमा भने, ‘मलाई माही(धोनी)सँग क्रिकेटको शानदार ज्ञान छ । विकेटकीपरको भूमिकामा खेलको हरेक पक्षलाई उनले शानदार तरिकाले नजर लगाइरहेका छन् । उनी एक शानदार कप्तान हुन् । धोनी युवा खेलाडीका साथै विराट कोहलीलाई सधैँ मार्गदर्शन दिँदै आएका छन् ।’

सन् २००७ मा भएको टी–२० विश्वकपमा एकै ओभरमा ६ छक्का प्रहार गरेका युवराज भन्छन्, ‘खेलमा फैसला लिने कुरामा धोनीको भूमिका अहम हुन्छ । अष्ट्रेलियामा भएको प्रतियोगितामा धोनीले राम्रो प्रदर्शन गरेका थिए । म त्यसैगरी धोनीले बल हानेको हेर्न चाहन्छु ।  उनलाईे शुभकामना छ ।’

धोनीले कति नम्बरमा ब्याटिङ गर्नुपर्छ होला भन्ने प्रश्नमा युवराज भन्छन्, ‘यसबारेमा धोनीलाई नै सोध्नुपर्छ । उनी कतिऔँ नम्बरमा ब्याटिङ गर्न चाहन्छन् ।’

 एकदिवसीय  क्रिकेटको विश्वकप इङ्ग्ल्याण्ड र वेल्समा आउँदो मे ३० देखि १४ जुलाइसम्म आयोजना हुनेछ । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया