ओली र प्रचण्ड भावनामा बहकिनुभयो, यसरी पार्टी चल्दैन : नेता गजुरेल

 माघ २८, २०७५ सोमबार १७:४०:५५ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पूर्व कृषि मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता हरिबोल गजुरेलले दुई नेताको भावनाले मात्र पार्टी अघि बढ्न नसक्ने बताउनुभयो । 

पछिल्लो समय पार्टीका दुई अध्यक्षबीच देखिएको मतभेदप्रति इङ्गित गर्दै उहाँले यसरी पार्टी अगाडि बढ्न नसक्ने बताउनुभयो । पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ भावनामा बढी बहकिएको भन्दै विचार र विधिबाट अघि बढ्नुपर्ने उहाँको तर्क रहेको छ ।

पाँचथरको फिदिममा प्रेस संगठनद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेलले दुई पार्टिको एकता पछि पार्टीलाई चारैतिर घेराबन्दीमा पारेर कम्युनिष्ट पार्टी र सरकारलाई नै असफल बनाउने चलखेल सुरु भइसकेको औल्याउनुभयो ।

एक अर्काे प्रसंगमा नेता गजुरेलले देशका दुई ठूला कम्युनिष्ट पार्टीको एकता हुनु चानचुने कुरा नभएको भन्दै संगठनको एकीकरण गर्न केही असहज परिस्थिति सिर्जना भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीभित्र पनि गुट–उपगुट हाबी छ, त्यसैले पनि संगठन एकीकरणमा केही जटिलता उत्पन्न भएको छ । संगठन एकीकरणको लागि हामी गम्भीर छलफल र बहसमा छौँ । अब चाँडै  नै पार्टी एकीकरणको प्रक्रिया टुंगो लाग्छ ।’

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया