जिल्लामा पहिलो डण्डीबियो प्रतियोगितालाई साँस्कृतिक झाँकीबाट स्वागत (फोटो फिचर)

 फागुन ६, २०७५ सोमबार ७:५५:४० | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङ जिल्लामा पहिलो पटक माध्यमिक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटनको अवसरमा धादिङ चिनाउने विविध झाँकीहरुको प्रदर्शनी गरिएको छ ।

आइतबार धादिङबेसी खुलामञ्चमा जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ नेपालले डण्डीबियो खेलमा बियो हानेर उद्घाट गर्दै खेललाई संस्कृतिको रुपमा बचाउन आग्रह गर्नुभयो ।

लोपोन्मुख अवस्थामा रहेको नेपाली पहिचानसहितको डण्डीबियो राष्ट्रिय खेलको रुपमा मानिएको भए पनि जिल्लामा भने पहिलो पटक डण्डीबियो संघ र नेपाल स्काउट धादिङले प्रतियोगिता आयोजना गरेका हुन् । जिल्लाका ४१ विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने नेपाल स्काउट धादिङका समन्वय आयुक्त शिव सापकोटाले जानकारी दिनुभयो । 

डण्डीबियो खेल उद्घाटनअघि जिल्ला सदरमुकाममा डण्डीबियो सहितको साँस्कृतिक झाँकीहरुको प्रदर्शनी गरिएको थियो । तामाङ, नेवारी, मगर, मधेसी, गुरुङ, शेर्पालगायतको भेषभुषमा आधारित झाँकी, डण्डीबियोको प्रदर्शनी, टाकटुके र पञ्चेबजा तथा लाखे समेतको झाँकीहरु प्रदर्शन गरिएको नेपाल डण्डीबियो संघका राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया