जनकपुरमा पहिलोपटक मेरुदण्डको सफल शल्यक्रिया

 फागुन १२, २०७५ आइतबार १९:३९:४३ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - जनकपुर अञ्चल अस्पतालमै पहिलो पटक मेरुदण्डको सफल शल्यक्रिया गरिएको छ ।

हाडजाेर्नी डाक्टर रञ्जित झाको नेतृत्वको टोलीले महोत्तरीको लोहरपट्टी नगरपालिका ५ बस्ने ३० वर्षीया शैलोदेवी राउतको मेरुदण्डको सफल शल्यक्रिया गरेको हो ।

घरको दोश्रो तल्लाबाट खस्दा मेरुदण्ड भाँचिएर हिँड्न नसक्ने भएकी शैलोदेवी गएकाे माघ २७ गते उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना भएपछि उहाँकै पहिलो पटक शल्यक्रिया गरेको डा.झाले बताउनुभयो । अब अञ्चल अस्पतालमै मेरुदण्डको शल्यक्रिया हुने मेडिकल सुपरिन्टेन्डेन्ट डा.नागेन्द्र यादवले बताउनुभयो ।  

शल्यक्रियापछि अहिले शैलोदेवीको स्वास्थय अवस्था समान्य भएको छ । समान्य हिँडडुल समेत गर्न थालेको उहाँले बताउनुभयो । शल्यक्रिया चिकित्सक टोलीमा अर्थोपेडिक डा.रामविनय चौधरी, डा.मनोज गुप्ता र एनेस्थेसिया डा. रुपेश गामी, डा.सन्दीप शर्मा डा. संजय यादव लगायत सहभागी हुनुभएको थियो ।

चित्सिकका अनुसार निजी हस्पिटलमा मेरुदण्डको शल्यक्रिया गराउँदा कम्तिमा ३ लाख रुपैयाँ खर्च हुन्छ । तर अब जनकपुर अञ्चल अस्पतालमै यो सेवा निःशुल्क पाइने  मेडिकल सुपरिन्टेन्डेन्टडा.नागेन्द्र यादवले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया