हेलिकप्टर दुर्घटनामा निधन भएका सबैको शव लिएर उड्यो सेनाको हेलिकप्टर

 फागुन १६, २०७५ बिहिबार १२:२४:५७ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको शव लिएर नेपाली सेनाको हेलिकप्टर ताप्लेजुङबाट काठमाण्डौ उडेको छ । 

सुकेटार विमानस्थलमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शवपरीक्षण हुन नसक्ने ठहर गर्दै काठमाण्डौ पठाउने निर्णय गरेको थियो ।

ताप्लेजुङको सिस्नेभीरमा हेलिकप्टर दुर्घटना हुँदा निधन भएकामध्ये चारजनाको शव बुधबार नै सुकेटार पुर्‍याइएकोमा बाँकी तीनजनाको शव बिहीबार बिहानमात्रै सुकेटार पुर्‍याइको हो । 

खराब मौसमका कारण बुधबार ल्याउन नसकेपछि प्रहरी तथा सेनाको टोलीले रातभर घटनास्थलमै कुरेर बसेका थिए । 

बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटना हुँदा सातजनाको निधन भएको थियो ।
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया