प्रदेश २ मा ‘बेटी पढाउ बेटी बचाउ’ अभियान सुरु

 फागुन १९, २०७५ आइतबार १९:४५:५५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ योजना प्रदेश २ का सबै पालिकाहरुमा सुरु भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आइतबार पत्रकार सम्मेलन गरी याे योजना औपचारिक रुपमा शुरु भएको घोषणा गर्नुभएकाे थियाे ।

महिला सबलीकरण र सशक्तिकरणलाई विशेष प्राथमिकतामा राखेर संघीय सरकारले प्रदान गरेको विशेष अनुदान अन्तर्गत ५० करोड र प्रदेश सरकारको ५ करोड ६० लाख रकममा यो योजना लागू गरेको मुख्यमन्त्री राउतले बताउनुभयो ।

फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्नुभएको छोरी शिक्षा बीमा कार्यक्रमलाई अब प्रदेश २ का सबै पालिकाहरुमा लागू भएको मुख्यमन्त्री राउतले घोषणा गर्नुभयो ।

महिला सशक्तिकरण अन्तर्गत नयाँ जन्मिने छोरीहरुको शिक्षा बीमा गर्न प्रभु बैंकसँग सम्झौत भइसकेको र अब प्रदेशभित्रको कुनै पनि नगरपालिका तथा गाउँपालिकामा जन्मेकी छोरीलाई प्रदेश सरकारले बीमा गर्ने मुख्यमन्त्री राउतको भनाइ छ ।  

यही योजना अन्तर्गत छोरीहरुलाई साइकल वितरण गर्न टेन्डर खुलिसकेको र प्रदेशका करिब एकसय सामुदायिक विद्यालयहरुमा छात्रामैत्री शौचालय निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको मुख्यमन्त्री राउतले जानकारी गराउनुभयो ।

सबै छोरीलाई शिक्षित बनाउन माघ १ गते देखि प्रदेश २ भित्र जन्मिसकेकी र अब जन्मिने छोरीलाई पारिवारिक नागरिकता तथा गाउँपालिका एवं नगरपालिकाको सिफारिसमा ती छोरीको नाममा १३ हजार ६ सय ४६ रुपैयाँ १५ पैसा प्रभु बैंकमा जम्मा गरिन्छ । र  ती छोरी २० वर्ष पुगेपछि ब्याजको रुपमा एकमुस्ट १ लाख २५ हजार पाउने व्यवस्था छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया