निर्मला पन्त हत्या प्रकरणः पूर्व एसपी विष्ट धरौटीमा रिहा

 चैत १०, २०७५ आइतबार १३:४३:१४ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्ट धरौटीमा रिहा भएका छन् ।

कञ्चनपुर जिल्ला अदालतले आइतबार पूर्व प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्टलाई दश लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो । जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले एसपी विष्टलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताउनुभयो ।

उहाँका अनुसार विष्टलाई यातनाविरुद्धको कसुरमा रु ६ लाख र सार्वजनिक न्यायविरुद्धको कसूरमा रु ४ लाख ५० हजार धरौटी सुनाइएको छ ।
विष्ट गएकाे मंगलबार निवेदनसहित जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका थिए । उनको गएकाे शुक्रबार अदालतमा बयानपछि बहस सकिएको थियो ।

निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसूर र दिलिपसिंंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसूरमा गएकाे पुस ३ गते उजुरी दिनुभएको थियो । 

यसअघि, मुद्दाका अन्य प्रहरी कर्मचारीहरु प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय एकिन्द्र खड्का, जगदीशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षकद्वय हरसिंह धामी, रामसिंंह धामी र प्रहरी जवान चाँदनी साउद यसअघि जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भइसकेका छन् । 

यसैबीच, विष्टसँगै प्रहरीको फरारको सूचीमा रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का डीएसपी अंगुर जिसी भने उपस्थित नभएको अदालतले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया